मङ्लबार, अशोज १, २०८१
Tue, September 17, 2024

हनुमाढोका दरबारमा पुगेर राष्ट्रपति...

१ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित...

प्रदेश हटाउन सकिँदैन, प्रभावकारी...

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रजातन्त्रको विरुद्ध...

२ महिनामा सरकारले १...

काठमाडौँ,०१ असाेज । चालु आर्थिक वर्ष २०८१÷८१ को साउन र भदौ महिनामा सरकारले...

एनआरएनए आधिकारिकता विवादमा मिसिल...

काठमाडौँ, १ असाेज । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आधिकारिकता विवादमा अहिलेसम्म...
26.1 C
Kathmandu
32.5 C
Birgunj

नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन दिइने छैन : महासचिव पोखरेल

सिफारिस

काठमाडौँ । नेकपा (एमाले) महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच सोमबार भेटवार्ता भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा रहेका महासचिव पोखरेलको सोमबार सिपिसीका विदेश विभाग प्रमुख लिउ जियनचाओबीच बेइजिङमा भेटवार्ता भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
सो अवसरमा महासचिव पोखरेलले आफूहरु एक चीनको पक्षमा दृढ रहेको उल्लेख गर्दै चीनविरोधी गतिविधि नेपालको भूमिबाट हुन नदिने बताए ।

- Advertisement -

महासचिव पोखरेलले एमालेले असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको बताए । उनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच भएका सहमति कार्यान्वयनको पक्षमा एमाले रहेको भनाइ राखे ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध घनिष्ठ र सुमधुर रहेको उल्लेख गर्दै यस सम्बन्धलाई नयाँ उचाइमा लैजान चाहेको बताए ।

- Advertisement -

उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएका सहमति कार्यन्वयनका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाए । विदेश विभाग प्रमुख लिउ जियनचाओले चीन सधैँ शान्ति, विकास र समृद्धिको पक्षमा रहँदै आएको स्पष्ट पारे । रासस

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार