सोमवार, असार ४, २०८१
Mon, June 17, 2024

सुनसहित पक्राउ परेका चिनियाँ...

काठमाडौं । आफूलाई चिनियाँ नागरिक बताउने  ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका...

राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड...

३ असार, बर्लिन । जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा...

सुन तस्करी र हुण्डीको...

काठमाडाैँ,०३ असार । सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा थप एक जना...

पूर्वराष्ट्रपति विद्या भण्डरीको चीन...

काठमाडौँ,०३ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। असार...
25.1 C
Kathmandu
37.5 C
Birgunj

क्यानडाका प्रधानमन्त्रीको हवाईजहाज बिग्रिएपछि दुई दिन दिल्लीमै रोकिए

सिफारिस

काठमाडौं । क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडो हवाईजहाज बिग्रेपछि दुई दिन भारतमै अड्किएका छन्। जी२० सम्मेलनमा सहभागी हुन उनी नयाँ दिल्ली आएका थिए।

- Advertisement -

भारतीय समकक्षी नरेन्द्र मोदीसँग उनको तनावपूर्ण द्विपक्षीय वार्तापछि आइतबार उनी घर फर्किने योजना थियो।

तर, आफ्नो विमानमा प्राविधिक समस्या आएपछि उनी दुई दिन नयाँ दिल्लीमै अड्किए। मंगलबार दिउँसो उनी क्यानडा फर्किने बताइएको छ।

- Advertisement -

‘विमानको प्राविधिक समस्या समाधान भएको छ। विमानलाई उड्ने अनुमति दिइएको छ,’ उनका प्रेस सचिव मोहम्मद हुसेनले भने।

उनको रोयल क्यानेडियन एयर फोर्सको सीसी–१५० पोलरिस विमान मर्मत गर्नुपर्ने अवस्था आएको थियो।

विमान बिग्रेपछि उनलाई लिन भन्दै अर्को विमान दिल्लीतर्फ पठाइएको थियो। तर, त्यो बेलायततर्फ मोडिएको छ। यसको कारण खुलाइएको छैन।

त्यसैले पहिलेकै विमान बनाएपछि उनी स्वदेश फर्किने भएका हुन्। एजेन्सी

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार