बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने

सिफारिस

काठमाडौं । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि पर्सि (बिहीबार) बिहान ११ बजे हुने भएको छ। एमालेका उपमहासचिव समेत रहेका नेता प्रदीप ज्ञवालीले नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले अन्त्येष्टिि बिहीबार गरिने बताए ।

- Advertisement -

बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि दिउँसो ४ बजेपछि मात्रै नेपाल आइपुग्दै छन्। १५ दिन अघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ भने आजै राति ११ बजे काठमाडौं पुग्नेछन्। नेम्वाङका २ छोरी र २ छोरा छन्। छोरीहरू भने काठमाडौंमा नै छन्।

ज्ञवालीका अनुसार नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ भने त्यसपछि नेम्वाङको निवासमा लगिने छ । घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिनेछ ।
नेम्वाङको अन्त्येष्टि भने पशुपति आर्यघाटमै गरिने छ ।
सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक विदा दिने निर्णय गरेको छ।

- Advertisement -

एमालेले पनि शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ। एमालेले पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ।

नेम्वाङको हृदयघातका कारण सोमबार राति १ बजेर ४० मिनेट जाँदा निधन भएको थियो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -