काठमाडौं । गत भदौ ११ गतेदेखि बेपत्ता डोल्पाको दुनैस्थित नन्दबक्स गुल्मका मेजर बिमल पण्डितको मंगलबार भेरी नदीमा भेटिएको छ।
त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको मृत शव फेला परेको हो।
दुईवटा ढुङ्गाको खोल्सामा ठूलो ज्यान भएको बायाँ हातमा घडी र दायाँ हातको कान्छी औँलामा औठी देखेपछि मेजरको शव हुन सक्ने भनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
- Advertisement -
घडी र औँठीबाट शव मेजरको पुष्टि भएको घटनास्थलमा पुगेका प्रहरी नायव उपरीक्षक शिब बुढाथोकीले जानकारी दिए ।
डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेदेखि बेपत्ता भएका थिए।