काठमाडौं । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा तोडफोड भएको छ। धरान उपमहानगरपालिका- १५ स्थित खिरिया बस्तीमा पुगेर एउटा समूहले बेघाको घरमा तोडफोड गरेको हो।
तोडफोडबाट झ्यालको शिशा फुटेको छ। उपप्रमुख बेघाका भाइ विष्णु लाई कुटपिट गर्न पुगेको उक्त समूहले घर तोडफोड गरेको हो। घर तोडफोड हुनेबित्तिकै खबर गरिए पनि प्रहरीले शान्ति सुरक्षा नदिएको गुनासो बेघाले गरेका छन्।
सुनसरीका प्रहरीले भने घर तोडफोड गर्नेहरुको खोजी थालिएको जनाएको छ। बेघाको घरमा तोडफोड हुँदा तत्काल प्रहरी नपुगेकोबारेमा छानबिन थाल्ने सुनसरीका प्रहरी प्रमुख विपिन गौतमले बताएका छन्।