बीरगन्ज,२७ भदौ – बीरगन्जको बिर्तामा रहेको बाल सुधार गृहमा भएको घटनालाई साम्य पार्ने बिषयमा पर्साका अधिकारीहरु बिच छलफल भइरहेको छ । बाल गृह परिसर भित्रै भइरहेको छलफलमा जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय,मानव अधिकारकर्मी एवं नेपाल पत्रकार महासंघको प्रतिनिधिहरु सहभागी रहेका छन् ।
सुधार गृहका किशोरहरुले मानव अधिकारकर्मी,पत्रकारहरु सहितको टोलीसँग बार्ता गर्न सहमत भएपछि बार्ता सुरु भएको हो । वार्तामा पर्साका प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक,मानव अधिकारकर्मी एवं पत्रकारहरुको टोली तथा सुधार गृहमा रहेको किशोरहरुको प्रतिनिधि सहभागी रहेका छन् ।
उनीहरुले बाल सुधार गृहमा व्यापक भ्रष्टाचार भइरहेको एवं सरकारले दिएको सेवा सुबिधाहरु प्राप्त नहुने गरेको बताएका छन् । उनीहरु सुधार गृहका सरकारी कर्मचारीहरुले सुधार गृहमा व्यापक आर्थिक हिनामिना गरेको एवं सुधार गृहमा रहेकाहरुलाई चरम यातना दिने गरेको बताएका छन् ।
मंगलवार रातभरी तनावग्रस्त बनेको सुधार गृह केन्द्र एवं आसपासको क्षेत्र आज दिउँसो सम्म पनि तनावग्रस्त नै बनी रहेको थियो । सुरक्षाकर्मीहरुले स्थितीलाई नियन्त्रणमा लिनका लागि कयौं रावण्ड हवाई फायरिङ्ग एवं आश्रु ग्यासहरु प्रहार गरेको भएपनि स्थितीलाई नियन्त्रणमा लिन सकेको थिएन् ।
पत्रकारहरुसँगको कुराकानीमा बाल गृहका किशोरहरु स्थानिय प्रशासनले केहि सर्तहरु माने बार्ता गर्न तयार रहेको बताएपछि बार्ताको लागि पत्रकारहरुले पनि सहिजिकरण गरेका थिए ।
बाल गृहको टोलीले आफ्ना साथीहरुको उपचार एवं सेवा सुविधाहरु लगायतको कुराहरु बार्तामा उठाएका छन् । स्थानिय प्रशासनले उनीहरुले उठाएका जायज माग पुरा गर्न आफुहरु तयार रहेको बताउँदै आएका छन् । बाल गृहमा भएको झडपमा एक दर्जन भन्दा बढी घाइते भएका छन् ।
बाल गृहमा भएको तोडफोड एवं झडपमा लाखौ रुपैया बारावर क्षती भएको छ । उनीहरुले अफिसका कागजात एवं फर्निचर लगायतका समाग्रहरुमा तोडफोड गरेका छन् ।
बाल सुधार गृह भित्रै भइरहेको बर्ता अन्तिम चरणमा पुगेको र अबको केहि बेरमै सहमती बारे जानकारी गराइने अधिकारीहरुले बताएका छन् । अहिले पनि बाल गृह आसपासको क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।