Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

बीरगन्ज सुधारगृहका १५ जना कैदी भक्तपुर फिर्ता पठाउने सहमति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२८ भदाै । भक्तपुर बाल सुधारगृहबाट ल्याइएका १८ मध्ये १५ जना कैदीलाई फिर्ता पठाउने सहमतिपछि बीरगन्जस्थित बाल सुधारगृहको अवस्था नियन्त्रणमा आएको छ । ३ साताअघि भक्तपुरको बाल सुधारगृहबाट ल्याइएका १८ जना बालकैदी र यहाँ पहिलेदेखि बस्दै आएका कैदीहरूबिच मंगलवार रातभर झडप भएको थियो ।

झडपले उग्र रूप लिँदा स्थिति नियन्त्रण बाहिर गएको थियो । बालकैदीबिच भएको झडमा ११ जना कैदी र ३ जना प्रहरी घाइते भएका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भक्तपुरबाट आएका १८ जना कैदीमध्ये १५ जना फिर्ता पठाउने सहमति भएपछि मात्रै स्थिति नियन्त्रणमा आएको बताए ।

भक्तपुरबाट आएका बालकैदीहरूले यहाँ नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए । सोही विषयलाई लिएर उनीहरूले सुधार गृहका नाइकेसँग विवाद गरी कुटपिट गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरीक्षक कोमल विक्रम शाह, बीरगन्ज महानगरपालिका अन्तर्गत बालबालिका शाखा प्रमुख सावित्री भण्डारी, पत्रकार, मानवअधिकारकर्मीहरू र कैदीहरु बिच बुधवार दिनभर वार्ता भएको थियो । ‘भक्तपुरबाट ल्याइएका १८ जना मध्ये १५ जना कैदीलाई फिर्ता पठाउने, सुधारगृहभित्र बिजुली, खानेपानी, सरसफाई, निःशुल्क स्वास्थ्य उपचारको राम्रो व्यवस्था हुनुपर्ने लगायतका विषयमा सहमति भएको छ’ पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले भने ।

बालकैदीहरूले उठाएको मागलाई सम्बोधन गर्न पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । भक्तपुरबाट ल्याइएका र पहिलेदेखि बस्दै आएका कैदीबिच भएको झडपमा बाल सुधारगृह भित्रका पर्खाल, ढोका, झ्याल, खानेपानीको ट्याङ्की, चापाकल, भान्साको सामान, बालकैदीहरू सुत्ने खाट, बिछ्यौना लगायतमा क्षति पुगेको छ ।

ताजा समाचार

थप समाचार