शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

डाक्टरमाथि कुटपिट गर्नेलाई कारवाही गर : रवि लामिछाने

सिफारिस

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चिकित्सकमाथिको कुटपिटप्रति खेद प्रकट गर्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

- Advertisement -

बिहीबार सामाजिक सञ्जालमार्फत यस्ता क्रियाकलापलाई अराजकताको पराकाष्ठा भएको बताएका छन्।

‘चिकित्सकमाथीको कुटपिट अराजकताको पराकाष्ठा हो। लापरबाही र जटिलता, आम जीवनले सजिलै छुट्याउन सकिने कुरा हुँदै होइन,’ उनले भनेका छन्, ‘त्यसैले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलापप्रति खेद प्रकट गर्द्छु। चिकित्सक कुट्ने माथि कडा भन्दा कडा कारवाही होस्। गृहमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

- Advertisement -

हेटौंडाको सन्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौंडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डाक्टर प्रशान्त बिडारी र सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापामाथि केही युवाहरुले हातपात गरेका थिए।

केही समयअघि चितवनमा मृत्यु भएका एक बिरामीका आफन्तहरूले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरमाथि कुटपिट गरेका हुन्।

कुटपिट गर्ने बिरामीका मृतकको श्रीमती र छोरीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -