शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

सुवास नेम्वाङको निधनप्रति संघीय संसद्का दुवै सदनबाट शोक प्रस्ताव पारित

सिफारिस

काठमाडौं । संघीय संसदका दुवै सदनले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

- Advertisement -

बिहीबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै बैठकमा नेम्वाङको निधनको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। साथै, उनको सम्मानमा दुवै सदनमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेम्वाङको ७१ वर्षको उमेरमा २०८० साल भदौ २६ गते निधन भएकोमा गहिरो शोक प्रकट गरेको बताएका थिए।

- Advertisement -

‘नेपालको वर्तमान संसद र संसदीय राजनीतिमा समन्वयकारी भूमिका खेल्ने कार्यमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो। उहाँको देहावशानको यस दुःखद घडिमा प्रतिनिधि सभाको यो बैठक सुवासचन्द्र नेम्वाङ्गको निधनप्रति गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ,’ सभामुख घिमिरेले बैठकमा शोक प्रस्ताव पारित गर्नुअघि भनेका छन्।

प्रतिनिधिसभाको अर्को बैठक भाद्र २९ गते शुक्रबार १ बजे बोलाइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -