शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

एकीकृत समाजवादी पर्साको इञ्चार्जमा रामचन्द्र साह

सिफारिस

वीरगंज। नेकपा एकीकृत समाजवादीले नेताहरुको जिम्मेवारी हेरफेर अन्तर्गत ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ । गत भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार सो पार्टीले नेताहरुको जिम्मेवारी हेरफेर र निर्धारण गरेको हो ।
पार्टीले धेरैजसो जिल्लाको इन्चार्ज केन्द्रीय कमिटी सदस्यलाई बनाएको छ भने केहीमा पोलिटब्युरो सदस्यलाई पनि जिल्ला इन्चार्जका रुपमा खटाएको छ । यसैबीच पार्टीले पर्सामा रामचन्द्र साह तेलीलाई जिल्ला इन्चार्ज तोकेको छ । त्यसैगरी जिल्ला सहइन्चार्जमा तीन जना चिरञ्जीवी आचार्य, बालगोपाल थापा र किशोरी कुशुवाह रहेका छन् । साथै पर्सा निर्वाचन क्षेत्र नम्बर १ को इन्चार्जमा थापा, क्षेत्र नम्बर २ मा कुशवाह, क्षेत्र नम्बर ३ मा साह र ४ मा आचार्यलाई नै बनाएको छ । उता बारामा जिल्ला इन्चार्जमा दिनेशकुमार राई तोकिएका छन् भने सहइञ्चार्जमा विभा कार्की, छविलाल उप्रेति, किसान श्रेष्ठ, श्रीप्रसाद पासवान, हिमालचन्द्र खरेल, जयप्रकाश यादव र बतहु यादव गरी ७ जना तोकिएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -