बीरगन्ज,२९ भदौ पर्साको धोबिनी गाउँपालिकाका अध्यक्ष मदन चौहानले गोप्य रुपमा गरेको गाउँ परिषद् अबैधानिक रहेको भन्दा रद गर्नु गापाका जनप्रतिनिधिहरुले नै माग गरेका छन् । गाउँपालिकाका ७ जना कार्यपालिका सदस्यहरुले बीरगन्जमा पत्रकार सम्मलेनको आयोजना गरी गोप्य तरिकाले गरिएको परिषद् मान्य नहुने बताउँदै खारेजीको माग गरेका छन् । शुक्रवार नेपाल पत्रकार महासंघ पर्साको सभा हलमा आयोजना गरिएको पत्रकार सम्मेलनलेमा उनीहरुले
गाउँपालिकाका जनप्रतिनिधिहरूले अध्यक्ष चौहान र उपाध्यक्ष मञ्जु देवी कुर्मीले गोप्य स्थानमा गाउँ परिषद्को बैठक गराएको आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनमा ६ जना कार्यपालिका र एक जना वडा सदस्यको सहभागीता रहेको थियो । गत असार महिना यता गाउँपालिकामा एक पटक पनि कार्यपालिका बैठक नभएको र आफूहरूले कुनै पनि निर्णयमा हस्ताक्षर समेत नगरेको उनीहरूले बताए । यद्यपि गाउँपालिका अध्यक्षले विभिन्न सञ्चारमाध्यम मार्फत असार महिना मै परिषद् सम्पन्न भइसकेको भनेर भ्रम फैलाइरहेको उनीहरूको भनाई छ । परिषद् रद गरी पुन नगरिए आफुहरु कानुनी उपचार खाज्ने उनीहरुले पत्रकार सम्मलनमा बताए ।
उनीहरूले गोप्य रूपमा गरिएको परिषद् खारेज गरी सम्पूर्ण जनप्रतिनिधिको सहभागितामा अर्को गाउँ परिषद् गराउन माग समेत गरे । पत्रकार सम्मेलनमा गाउँपालिकाको कार्यपालिका सदस्यहरू दिनेश प्रसाद, नन्द किशोर साह कानु, रीना देवी, सोनावती देवी, शारदादेवी पासवान, पवन ज्योति कुमारी, वडा सदस्य मैना देवी तथा नेकपा एमालेका पारस कुर्मी, जङ्ग बहादुर कुर्मी र लोसपाका ललन प्रसाद कुर्मीको सहभागिता थियो । जनप्रतिनिधिहरूले लगाएको आरोपको विषयमा बुझ्न गाउँपालिका अध्यक्ष मदन चौहानलाई वेबसाइटमा उपलब्ध नम्बर ९८५५०७७७०५ मा पटक(पटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।
उनीहरुले गाउँपालिकाको गोप्य परिषद्लाई अन्जाम दिन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत र लेखापालले भुमिका खेलेको भन्दै पशु क्यारेन्टाईमा सम्पन्न भएको गोप्य परिषद् आफुहरुलाई मान्य नहुने बताए । यता गाउँपालिकाका अध्यक्ष मदन चौहानले बहुमत सदस्यहरुको सहभागीतामा परिषद् पारदर्शी तवर गरिएको दावी गर्दै बजेट एवं योजना बाडफाडको कुरा नमिल्दा उनीहरुले आफुलाई बदनाम गराउँन झुठा भ्रम फैलाउँने काम भइरहेको आरोप लगाउँदै आएका छन् ।