शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

प्रिमियर कप खेल्ने २४ सदस्यीय प्रारम्भिक टोली घोषणा

सिफारिस

वीरगंज । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू–१९ प्रिमियर कप खेल्न २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। आज क्यानले प्रिमियर कप खेल्ने टोलीको घोषणा गरेको हो।
१६ टोलीले सहभागिता जनाउने प्रिमियर कपको शीर्ष तीनमा रहनेले आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कपमा स्थान बनाउनेछ।

- Advertisement -

नेपाल रहेको समूह ‘ए’ मा बहराइन, साउदी अरेबिया र इरान छन्। समूह ‘बी’ मा यूएई, ओमान, कतार र चीन तथा समूह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्यान्ड र मालदिभ्स छन्। समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन्। प्रिमियर कप अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुनेछ।

क्यानले घोषणा गरेको २४ सदस्यीय टोलीमा सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा रहेका छन्।

- Advertisement -

यस्तै, उत्तम थापा मगर, दीपक डुर्मे, दीपेक कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल, युनिससिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव टिममा परेका छन्।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -