शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

बैंकबाट कृषि ऋण लिई मिटर व्याजको धन्दा, नियम बिपरित दुग्धेश्वर कृषि तथा पशुपँक्षी फर्म लि.बाट ऋण प्रवाह भएको खुलासा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,३० भदौ – बीरगन्ज आदर्शनगर, लोहारपट्टि स्थित दुग्धेश्वर कृषि तथा पशुपँक्षी फर्म लि. का अध्यक्ष सुनिल पाण्डेले कृषक सहुलियत अनुदान लिएर मिटरव्याजमा पैसा लगानी गर्ने गरेको पाइएको छ । पकाहामैनपुर वडा नं. २ मानीपुर निवासी अध्यक्ष पाण्डेले नेपाल बैंक लिमिटेडबाट सहुलियत कृषि कर्जा लिएर विभिन्न व्यक्तिहरुलाई मिटरव्याजमा पैसा लगानी गर्ने गरेको पाइएको हो । पाण्डेले फर्मको नाममा पासबुक नै जारी गरि कर्जा दिने गरेका छन् । कर्जा दिएर किस्ता बापत रकम बुझ्दै जाने र पछि चेक बाउन्स गराई मुद्दा हाल्ने आरोप उनी माथी लगाइएको छ ।

- Advertisement -

सरकारको अनुदानको रकमलाई पाण्डेले आफ्नो निजी स्वार्थको लागि प्रयोजन गरि अकुत सम्पत्ति आर्जन गरेको पाइएको हो । अध्यक्ष पाण्डेले सरकारको पैसा लिएर एक दर्जन भन्दा बढि व्यक्तिलाई मिटरव्याजमा कर्जा दिएको रहस्य बाहिरिएको हो । पाण्डेको आयश्रोत के छ ? खोजविन गर्ने कुनै निकाय छैन । सरकारी कर्मचारीलाई पैसाको प्रलोभनमा पारी अनुदानको पैसामा लुटतन्त्र मच्चाएका पाण्डेको आयश्रोत खोजविनको हनु पर्ने अवाज उठेको छ । पाण्डेले दुई चारवटा पोखरी ठेक्का पट्टामा लिएर कृषि अनुदान कर्जा बैंकबाट लिएर कृषि गर्नुभन्दा पनि मिटरव्याजमा पैसा लगानी गरेर दर्जनौं जनतालाई दमन गर्दै आएका छन् ।

अध्यक्ष पाण्डेले बीरगन्ज स्थित दैनिक बचत तथा ऋण सहकारी सँस्थालाई ८२ लाख रुपैया कर्जा दिएर ७७ लाख असुली गरि पुनः ८२ लाखको चेक बाउन्सको मुद्दा दिएको सहकारी सँस्थाका व्यवस्थापक सानु सिन्हाले जानकारी दिए । उनका अनुसार पाण्डेले २०७७ पुसदेखि २०७८ चैत मसान्तसम्म १९ पटक गरि ८२ लाख रुपैयाँ सहकारीलाई कर्जा दिएको र २०७९ वैशाख मसान्तसम्म ७७ लाख रुपैया किस्ताबापत बुझिसकेको बताए । कर्जा लगानी गर्ने बखत सहकारीका अध्यक्ष रुपेश कुमार पटेलसँग ब्लेङ्क चेक लिएका थिए । फर्मका बजार प्रतिनिधि नितेश कुमार चौरसियाले दैनिक १० देखि ३० हजार रुपैयासम्म संकलन गरि ७७ लाख रुपैया बुझिसकेको प्रबन्ध निर्देशक सिन्हाको भनाई छ ।

- Advertisement -

साँवा ५ लाख तथा व्याज ८ लाख गरि १३ रुपैयाँ जति बाँकी रहेकोमा हाल आएर फर्मका अध्यक्ष पाण्डेले सादा चेकमा ८२ लाख रुपैया लेखी गरिमा विकास बैंकबाट २०७९ कात्तिक १७ गते चेक बाउन्स गराई जिल्ला अदालत पर्सामा मुद्दा हालेको सिन्हाको भनाई छ । त्यस पश्चात सहकारीका अध्यक्ष पटेलले फर्मका अध्यक्ष पाण्डेलाई बसेर छलफल गर्न भन्दा नमानेको र पटक पटक दुई तीन करोडको मुद्दा हाल्ने धम्की समेत दिने गरेको सिन्हाले जानकारी दिए ।

पाण्डेले एकजनालाई मात्रै होइन, एक दर्जन भन्दा बढि व्यक्तिहरुलाई कर्जा दिएर १० गुणा बढि रकम असुलेका छन् । उनले कर्जा दिने र सादा चेक लिएर, साँवा वापतको पैसा असुली गरि पुनः त्यति बराबरकै चेकमा पैसा लेखी बाउन्स गराई मुद्दा हाल्ने उनको बानी नै हो । पाण्डेबाट एक दर्जन भन्दा बढि व्यक्ति मिटरव्याजको रुपमा पीडित छन् । प्रहरी प्रशासनलाई रकमको प्रलोभनमा पारी जिल्ला प्रशासन देखि जिल्ला प्रहरी कार्यालयसम्म हाली मुहाली चलाउने गरेका छन् । उनीसँग एस.पी., डि.ए.पी., इन्स्पेक्टर, मुद्दा शाखा एवं उजुरी शाखाका इन्चार्जसँग राम्रै उठबस रहेको कारण सर्वसाधारणलाई कर्जाको नाममा लुट्ने गरेको बताइएको छ ।

रौतहट जिल्ला परोह नगरपालिका – ४ घर भई वीरगंज – ११ मुर्ली बस्ने किराना पसल थापेका दिलीप कुमार साह पनि फर्मका संचालक पाण्डेबाट पीडित भएको आरोप लगाए । उनले २०७६ साल माघ १३ गते १ लाख तथा २०७९ कात्तिक महिनासम्म १२ लाख २० हजार गरि १३ लाख २० रुपैया ३६ प्रतिशतको दरले व्याजमा लिएका थिए । पटक पटक किस्ता गरि ७ लाख रुपैया पाण्डेलाई बुझाई सकेको अवस्थामा हाल आएर ६३ लाखको चेक बाउन्स गराई मुद्दा हालेको बताए । साहले ७ लाख बुझाईसकेपछि हिसाब किताब गर्दा ६ रुपैया सयकडा (१ लाख रुपैयाको प्रति महिना ६ हजार रुपैया) अर्थात बार्षिक ७२ प्रतिशतको दरले व्याज जोडी १ करोड ४३ लाख रुपैया दिनुपर्ने अडान राखेका थिए ।

साहले त्यति दिन नमानेपछि पाण्डेले साहको ४ वटा सादा चेकमध्ये २ वटा चेकमा ६३ लाख र ३१ लाख रकम भरि चेक बाउन्स गराई मुद्दा हालेका थिए । चेक बाउन्सको मुद्दा हाल्नुभन्दा अगावै दिलीप साहले जिल्ला प्रशासन कार्यालय पर्सामा पाण्डे विरुद्ध मिटरव्याज सम्बन्धी उजुरी दिएको कारण १ दिन मात्रै प्रहरीको हिरासतमा रहेर बाहिर निस्केको बताए । पाण्डेले साहलाई कर्जा दिने बखत दुई वटा एनआईसि एसिया र दुई वटा राष्ट्रिय वाणिज्य बैंकको सादा चेक लिएका थिए । कर्जा दिई दुईदेखि १० गुणासम्म पैसा असुली गर्ने पाण्डेको बानी नै हो । उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा मिटरव्याजी सम्बन्धी आधा दर्जन भन्दा बढि उजुरी परेको छ तर फर्छयौट गर्न मानेका छैनन् । त्यसमा पनि पाण्डेलाई प्रहरी प्रशासनको सहयोग हुँदै रह्ँदै आएको छ ।

यता दुग्धेश्वर कृषि तथा पशुपँक्षी फर्म लि.का संचालक पाण्डेले उनीहरुले लगाएको सबै आरोपहरुलाई खण्डन गरेका छन् । उनले यस बिषयमा व्यवहारिक रुपमा २० पटक भन्दा बढि छलफल भइसकसेको बताए । उनले स्थानियहरुले समाजिक रुपमा गरेको निर्णय पनि नमान्ने एवं अरुको मेहन्तबाट कमाएको पैसा लुटन खाजेपछि आफु बाध्य भएर कानुनको सहारा लिएको बताए । उनीहरु बिरुद्धको मुद्दा हाल अदालतमा बिचारा रहेको बताउँने न्याय पाउँनेमा आफु आशावादी रहेको बताए ।

उनले आव २०७८/०७९ मा १ करोड १३ लाख रुपैयाँ बाँकी रहेकोले पटक पटक दिने भनि सहमति भएको छ । त्यस पश्चात ५/६ लाख रुपैयाँ मात्रै दिएको बताए । उनले आफु कृषि फर्म मार्फत माछा पालन लगायतको कृषजन्य कृयाकलापमा समलग्न रहेको वताउँदै पाण्डेले आफुले भद्र सहमती गरी यदगार र दैनिक कृषि सहकारीका संचालकलाई पैसा दिएको बताउँदै उनीहरुले मेरो सहित आम बचत कर्ताको पैसा समेत लुटने प्रयास गरेपछि कानुनको सहारा लिएको बताए ।

आफुले कसैलाई ऋण दिदा कुनै पासबुक जारी नगरेको एवं सरकारी नियम अनुसार नै व्याज लिने गरेको बताए । तर उनीहरुले व्याजको त कुरै नगरौं सावा नै दम्पच गर्न खाजेपछि बाध्य भएर आफु कानुनको सहारा लिएको पाण्डेले बताए ।
उनले आफुले फर्मको नामले कर्जा नदिई निजी कर्जा दिएको समेत बताए ।

पैसा पचाउन उनीहरुले वाउन्सर समेत प्रयोग गरेको दावी गर्दै उनले यस बारेमा जिल्ला प्रहरी कार्यालय अधिकारीहरुलाई समेत जानकारी रहेको बताए । जिल्ला प्रहरी कार्यालयका अधिकारीहरुले चेक वाउन्सको मुद्दा मिलाउँन खोज्दा समय दिएर उपस्थित नहुने गरेको कारण चेक वाउन्सको मुद्दा अदालतमा पुगेको पाण्डेले बताए । उनीहरु अहिले पनि अदालतको अनुसन्धान प्रक्रियालाई चुनौती दिदै मलाई बदनाम गर्न बिभिन्न खाले प्रोपगाण्डाहरु गरी रहेको पाण्डेको दावी छ । उनले आफ्नो बिरुद्ध उनीहरु बाहेक कसैले मिटर व्याजीको उजुरी नदिएको समेत ठोकुवा गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -