शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

एसिसी एसिया कपः उपाधिको लागि भारत र श्रीलंका भिड्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौ,३१भदाैं । एसिया कप क्रिकेटको उपाधिका लागि फाइनलमा आज (आइतबार ) भारत र श्रीलङ्का खेल्दैछन् ।फाइनल खेल नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि कोलोम्बोमा सुरु हुनेछ ।

- Advertisement -

श्रीलङ्का र भारतको सुपर फोरमा ४–४ अङ्क थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । सुपर फोरमा भारतसँग श्रीलङ्का ४१ रनले पराजित भए पनि पाकिस्तानलाई दुई विकेट र बङ्लादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

भारतले श्रीलङ्कालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । भारत बङ्लादेशसँग भने ६ रनले पराजित भएको थियो ।

- Advertisement -

श्रीलङ्काले २०२२ मा टी-२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए। रोहित शर्माले भारतको र श्रीलङ्काको दासुन शानकाले कप्तानी गर्नेछन् ।

यसअघि भारतले सात पटक र श्रीलङ्काले ६ पटक एसिया कपकाे उपाधि जितेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -