शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

बाराबाट चोरीको सामानसहित ६ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,३१ भदौ । चोरीको सामानसहित बारा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नंः५ बगडमपुर बस्ने १३ वर्षीय, १२ वर्षीय ३ जना, १० वर्षीय र भारत पूर्वी चम्पारण बस्ने १४ वर्षीय गरी ६ जना किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हाे ।

- Advertisement -

महागढीमाई नगरपालिका-५ बगडमपुर बस्ने नरेन्द्र जैसवालको घरमा शनिबार दिउँसो चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गंजभवानिपुरबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धानको क्रममा उनीहरुलाई सिक्री १ थान, सिक्का १४ थान, ढीका १ थान, औठी १ थान, बिन्दिया १४ थान, लकेट २ थान, कानको रिङ ४ थान, फुली ४ थान, क्यामेरा १ थान, मोबाईल १ थान, पित्तलको कचौरा १ थान र पाएल १३ थान लुकाइ राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -