शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

आईसिपि भित्रैबाट राजस्व चोरीको धन्दा,एउटै नम्बरको दुई वटा ट्रक बाहिरदा सशस्त्र प्रहरीले लिए नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,३१ भदौं – बीरगन्ज भन्सार कार्यालय आईसिपिकै प्रमुख एवं कर्मचारीहरुको मिलोमतोमा तस्करी हुने गरेको रहस्य उद्घाटन भएको छ । जाँच प्रक्रियामै त्रुटी गरी माल समानको कमसल मुल्यन गरी राजस्व मार्ने देखी लिएर एउटै जाँच पासमा दुई वटा ट्रक छोडने सम्मको काम आईसिपि भन्सार कार्यालयबाट हुने गरेको खुलासा भएको छ ।

- Advertisement -

बीरगन्ज भन्सारका कर्मचारी र भन्सार सेक्युरिटीलाइ मिलाएर तस्करहरूले मुख्य भन्सार भित्रैबाट एउटै नम्बरको दुइ वटा भारतिय नम्बरको ट्रकमा मालसमान सहित लोड गाडी बीरगन्जको आईसिपि भित्र भित्र्याउने र एउटा ट्रकमा लोड भारतिय मालसमानको भन्सार महशुल बुझाउने र अर्को भारतिय मालसमान लोड ट्रकलाइ सेटिङ्गमा पास गर्दै आएको चर्चा नसेलाउदै अर्को पुनः काण्ड खुलेको छ ।

बीरगन्ज भन्सार कर्मचारी र भन्सार सेक्युरिटीलार्इ मिलाएर तस्करहरूले मुख्य भन्सार भित्रैबाट एउटै नम्बरको दुइ वटा भारतिय ट्रकलाई सशस्त्र प्रहरीले बीरररगन्ज महानगरपालिका वडा नम्बर १७ बाट नियण्त्रण लिएपछि आईसिपिको प्रमुख एवं कर्मचारीहरुको नियतमाथी नै प्रश्न खडा भएको छ । सशस्त्र प्रहरी बल,नेपाल एफओबी आईसिपिबबबाट बाट खटिएको मोबाईल गस्ती टोलीले बीरगन्ज महानगरपालिका वडा नम्बर १७ स्थित आईसिपिबाट एउटै नम्बर प्लेट ग्एठण्ँत् द्दछद्दछ भएको २ वटा भारतीय ट्रकलाई शनिबार नियण्त्रणमा लिएको हो।

- Advertisement -

एउटा खाली भारतिय ट्रक र अर्को एउटामा ४० टन मकै लोड गरिएको भारतिय ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको कुरा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण बीरगन्जका प्रवक्ता डिएसपीसंगम श्रेष्ठले जानकारी दिए घटनाको उजागर भएसँगै आईसिपि भित्र खेलाबैला मच्चिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -