आइतवार, असार ३०, २०८१
Sun, July 14, 2024

बाढी पीडितलाई राहत दिन...

काठमाडौँ,३० असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न स्थानमा...

गृह मन्त्रालयमा मेरो नजर...

काठमाडौं,३० असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह...

अशोक राईले मागे यसअघि...

काठमाडौं,३० असार । जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओली नेतृत्वमा बन्ने...

जलेश्वरका प्रमुखले पाए सफाइ

जलेश्वर,३० असार । आर्थिक अनियमितताको आरोपमा निलम्बनमा परेका महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख...
29.1 C
Kathmandu
37.2 C
Birgunj

मकवानपुरबाट भारतीय ट्रकबाट ९१९ किलो गाँजासहित दुईजना भारतीय नागरिक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

हेटौंडा,३१भदाै । मकवानपुरबाट सबैभन्दा ठूलो परिणामको लागू औषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीको हेटौँडा औद्योगिक क्षेत्रको टोलीले हेटौँडाबाट जाँचको क्रममा भारतीय ट्रकबाट लागू औषध गाँजा बरामद गरेको हो ।

- Advertisement -

४८ घण्टा अघि आएको विशेष सूचनाको आधारमा आफुहरुले सवारी तलासी गर्दा हेटौँडा बजार क्षेत्रबाट आइतबार बिहान ४ बजे ९१९ केजी गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीले बताए ।

बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखि पुनः वेल्डीङ गरेर लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको एसपी कार्कीले बताए । भारतीय एन एल ०१ एसी २१४४ नंबरको ट्रकमा गाँजा बरामद भएको हो । भारतबाट मकै लिएर चितवनमा अनलोड गरि चितवनको खुरखुरेबाट गाँजा लोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कार्कीको भनाई रहेको छ ।

- Advertisement -

पक्राउ पर्नेमा भारतीय नागरिक भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादव र सहचालक योगेश बर्मा रहेको प्रहरीको भनाई रहेको छ । लागु औषध ओसारपसारको लागि पक्राउ परेकाहरुले एउटा नेपाली नाम र नम्बर प्राप्त गरेको र उनको विषयमा आफुहरुले अनुसन्धनको लागि प्रक्रिया अघि बढाएको कार्कीको भनाई रहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार