बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

रुपन्देहीमा दुई मजदुर समूहबीच झडप हुँदा १ जनाको मृत्यु, तीन घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रुपन्देही,२ असोज – रुपन्देहीको तिलोत्तमामा दुई मजदुर समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ केरवानीमा मजदुरी काम गर्दै आएका दुई समूहबीच गएराति विवाद भइ झडप हुँदा हेटौडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको हो ।

- Advertisement -

उनको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । मदिरा सेवन गरी मजदुरहरू धारिलो हतियारसहित आपसी झडपमा उत्रिए तीन जना भने गम्भीर घाइते भएका छन् ।

घाइते हुनेहरूमा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

- Advertisement -

झडपमा संलग्न १३ जना मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -