बिहिबार, साउन १०, २०८१
Thu, July 25, 2024

बाढीपहिरोमा परी हालसम्म १३४...

१० साउन, काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न...

उपसभामुखको पत्र प्रकरणमा थप...

१० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी...

लिलादेवी गड्तौला बनिन् पहिलो...

१० साउन, काठमाडौं । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार...

रौतहटमा ४ लाखबढी अवैध...

१० साउन, रौतहट । रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरी सहित संयुक्त  टोलीले  ४...
26.1 C
Kathmandu
32.9 C
Birgunj

पशुपति क्षेत्रभित्रको पार्किङ सम्झौता रद्द

सिफारिस

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ। पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रालिले पाएको भएपनि सम्झौता अनुसारको काम तथा समयमै बक्यौता रकम तीर्न नसकेका कारण उक्त सम्झौता रद्द गरिएको विकास कोषले जनाएको छ।

- Advertisement -

पार्किङ सम्झौता रद्द गरी उक्त पार्किङ स्थल आजबाट विकास कोषले आफ्नो मातहतमा लिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिए। उनका अनुसार उक्त प्रालीले सवारी पार्किङ सञ्चालनवापत कोषलाई तीर्नु पर्ने पुरानो रु ४० लाख बढी रकम समयमै भुक्तान नगरेका कारण सम्झौता रद्द गरिएको हो।

सञ्चालक परिषद्को गएको भदौ २१ गते बसेको बैठकले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको कार्यकारी निर्देशक खतिवडाले बताए।

- Advertisement -

उनले भने, ‘भदौ २१ गतेको सञ्चालक परिषद् बैठकले पार्किङ सम्झौता रद्द गर्ने निर्णय गरेको हो, आजदेखि हामीले उक्त पार्किङ स्थल आफ्नो जिम्मा लिएका छौँ, अर्को टेन्डर प्रकृया नहुँन्जेल सम्म हाल लाई निःशुल्क पार्किङ गरिएको छ।’

उक्त कम्पनीले पशुपति क्षेत्र भित्र रहेको सवारी पार्किङ स्थल सञ्चालन गरेवापत विकास कोषलाई मासिक रु तीन लाख ४६ हजार तीर्ने गरी सम्झौता भएको विकास कोषले जनाएको छ। उक्त कम्पनीले पुरानो बक्यौता रकम रु ६० लाखमा केही हप्ता पहिले रु २० लाख बुझाएपनि अझै रु ४० लाख तीन बाँकी रहेको खतिवडाले जानकारी दिए। कोष र उक्त कम्पनीबीच पार्किङ व्यवस्थापनका लागि पाँच वर्षको सम्झौता भएपनि साढे दुई वर्षमा सम्झौता रद्द भएको छ।

पशुपति क्षेत्र विकास कोषले दुई पाङ्ग्रे सवारी साधनका लागि रु १० र चारपाङ्ग्रे सवारीका लागि रु २५ पार्किङ शुल्क तोकेर कम्पनीसँग सम्झौता गरेको थियो। तर, कम्पनीले सो भन्दा बढी शुल्क उठाएको पाइएको आरोप छ। कम्पनीमाथि राजस्व अनुसन्धान विभागले समेत अनुसन्धान गरिरहेको कोषले जनाएको छ। रासस

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार