मङ्लबार, असार ५, २०८१
Tue, June 18, 2024

न्युजिल्यान्डका लुकी फर्गुसनको नयाँ...

४ असार, काठमाडौं । टी–२० विश्वकपमा न्युजिल्यान्डले जितसँगै यात्रा समाप्त गरेको छ । समूह...

आज देशका विभिन्न ठाउँमा...

४ असार, काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने...

युरोकपमा फ्रान्सको विजयी सुरुवात,...

४ असार, काठमाडौं । फ्रान्सले जारी युरोकपमा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न...

भिजिट भिसामा कडाइ, झुक्याएर...

३ असार, काठमाडौं । पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न देशमा...
23.1 C
Kathmandu
30.2 C
Birgunj

मलङ्गवामा दुई समुदायबीच फेरि झडप, निषेधाज्ञा जारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०५ असाेज । सर्लाहीजिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ । बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।मूर्ति विर्सजन (सेलाउन) जाने क्रममा मलङ्गवा–३ मा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

- Advertisement -

पुरानो मलङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट÷बाबा पेट्रोलपम्म) सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न नपाइने कफ्र्यु आदेशमा भनिएको छ ।

कफ्र्यु आदेशपछि अहिले मलङ्गवाको स्थिति सामान्य रहेको सर्लाहीको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

- Advertisement -

झडपको क्रममा एक युवकमाथि छुरा प्रहार भएको छ । ती युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार