मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

सिंहासन साह तेलीको अध्यक्षतामा जसपा पर्सा पूनर्गठनकाे दावी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१० असोज – सिंहासन साह तेलीको अध्यक्षतामा जसपा पर्सा पूनर्गठन भएको छ । रामनरेश यादवको अध्यक्षतामा रहेको तदर्थ समितिको बैधानिकता सकिएको भन्दै प्रदिप यदाव,राजेशमान सिंह र सिहांसन साह समूहका नेताहरुले नव गठित समिति नै जसपा पर्साको मूल समिति रहेको घोषणा गरेका छन् ।

- Advertisement -

नव गठित समितिको उक्त जिल्ला कार्यसमितिको उपाध्यक्षमा ग्यासुदिन मियाँ , अजय चौरसिया र मिथिलेश सिंह ,सचिवमा उमेशलाल सहनी , सहसचिवमा सुशील साह कानु, सुनिल कुशवाहा र नुर आलम अन्सारी , कोषाध्यक्ष प्रेमकुमारी सिंह, सदस्यमा असलम आलम, अजय सर्राफ, बैजुलाल स्वर्णकार, नेक महम्मद अन्सारी , सुनिता शर्मा, सुरज मानन्धर ,खैरुदिन मियाँ र प्रतिमा सिंह रहेका छन् ।

बीरगन्जको वसपार्क स्थित अनमोल पार्टी प्लेसमा जसपा पर्साको नयाँ जिल्ला समिति गठनका लागि आयोजना गरिएको कार्यक्रमको प्रमुख अथिती जनता समाजवादी पार्टीका सचेतक एवं सघीय सांसद प्रदिप यादव रहेका थिए । पार्टी प्लेसमा जम्मा भएका नेता कार्यकर्ताहरु सम्बोधन गर्दै सचेतक यादवले जसपा पर्सालाई बचाउनको लागि जसपा पर्सा पूनर्गठन गर्नुको बिकल्प नरहेको बताए ।

- Advertisement -

उनले जसपाले पर्साको सबै संसदी क्षेत्रमा आफ्नो गठबन्धनलाई जिताएको तथा प्रदेश र स्थानिय निकायमा समेत सबै पार्टीहरुलाई पछाडी पर्दै उत्कृष्ट पार्टी बनेको इतिहास रहेको चर्चा गर्दै पछिल्लो समयमा पार्टीलाई कमजोर पार्न जसपाको सूचनाहरुलाई अरु पार्टीलाई दुई जना व्यक्तिले बचेको एवंम अन्य पार्टीबाट परिचालित भई जसपालाई ध्वस्त पार्न केहि व्यक्ति लागेको भन्दै जसपाको सबै नेताको भविष्य सुरक्षित गर्न पार्टी पूनर्गठन गर्नु सहि रहेको दावी गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -