काठमाडौं,११ असोज – अफगानिस्तानका क्रिकेटर नवीन उल हकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
२४ वर्षीय उनले सामाजिक सञ्जालमार्फत अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप खेलेलगत्तै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् ।
अफगानिस्तानको टोलीबाट उनले आईसीसी एकदिवसीय विश्वकप खेल्दैछन् । उनले दुई वर्षभन्दा लामो समयदेखि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् । उनले पछिल्लो पटक सन् २०२१ को जनवरी २६ मा आयरल्यान्डविरुद्ध अन्तिम एकदिवसीय खेल खेलेका थिए ।