मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

“मोहम्मद डे” को अवसरमा र्‍याली

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,११ असोज इस्लाम धर्मावलम्बीहरूले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती “मोहम्मद डे” को अवसरमा बीरगन्जमा र्‍याली निकालेको छ ।

- Advertisement -

मोहम्मद डेको अवसरमा बिहिवार बिहान बीरगन्जको छपकैया, इनर्वा, गहवा, लाठगल्ली, मुर्ली, बहुअरी लगायतका टोलबाट निकालिएको र्‍याली नगरपरिक्रममा गर्दै घण्टाघरमा पुगेको थियो ।

हजरत मोहम्मदको जन्म इस्लामकी पात्रो हिजरी संवत् रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबकै मदिनामा भएको थियो ।

- Advertisement -

पैगम्बर मोहम्मदको जन्मदिनमा मुस्लिम धर्मावलम्बीले विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गर्दछन् ।

घण्टाघरमा जम्मा भएका मुस्लिम धर्मावलम्वीहरुले नेपालको राष्ट्र गान बजाएर कार्यक्रमलाई सम्पन्न गरेका थिए । मोहम्मद डेको अवसरमा मधेस सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

मोहम्मद डेको अवसरमा देशै भरी बिभिन्न कार्यक्रमहरुको आयोजना गरिएको मुस्लिम धर्मसँग सम्बन्धित संस्थाहरुले जनाएको छ । मोहम्मद डेमा निकालने भनिएको ¥यालीलाई मध्यनजर गर्दै स्थानिय प्रहरीले बीरगन्जको सुरक्षा कडा बनाएको थियो । यसैबिच मधेश प्रदेश “मोहम्मद डे” को अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -