मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

जसपा पर्सामा विवाद उत्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,११ असाेज । जनता समाजवादी पार्टी नेपाल पर्सा जिल्ला समितिमा विवाद उत्पन्न भएको छ । जसपा जिल्ला समितिका बहुमत सदस्यले जिल्ला अध्यक्ष रामनरेश यादवलाई हटाएर बहुदरमाइ नगरपालिकाका मेयर सिंहासन साह तेलीलाई अध्यक्ष बनाएका छन् ।

- Advertisement -

हिजो बसेको जिल्ला समितिको बैठकले सो निर्णय गरेको हो । चार वर्षसम्म पार्टीको जिल्ला अध्यक्ष हुँदा अधिवेशन गराउन नसकेको, अध्यक्ष भएर आएपछि जिल्लामा पार्टी कमजोर भएको, जिल्लाका नेताहरुले पार्टी छाडेर अन्य पार्टीमा प्रवेश गर्दै गरेको कारण देखाउँदै यादवलाई हटाइएको जसपाका नेता एवं बीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले बताए ।

उनले रामनरेश यादव पार्टीको अध्यक्ष भएदेखि जसपा आरोलो लागेको तैपनि ध्यान नदिएको आरोप लगाए । अध्यक्षबाट हटाइएका रामनरेनश यादवले भने आफूमाथि जिल्ला समितिले गरेको भनिएको निर्णय फर्जी भएको बताए ।

- Advertisement -

उनले भने, ‘जिल्ला समितिले मलाई हटाइएको भनिएको निर्णय फर्जी हो ।’ जिल्ला समितिको बैठक बोलाइएको तर त्यो बैठकको बारेमा आफूलाई नै थाहा नरहेको उनले बताए । यादवले पार्टीभित्रका केही बर्चस्वशाली व्यक्ति भेला भई गरेको यो निर्णयको कुनै अर्थ नरहेको बताए ।

केही व्यक्तिको सनकका कारण पार्टी बर्बाद भइरहेको बताउँदै उनले आफू नै जिल्ला अध्यक्ष रहेको बताए । प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले प्रदेश समितिले निर्णय नगरेसम्म अध्यक्ष आफू नै रहेको भनेको बताउँदै यादवले भने, ‘जिल्ला अधिवेशन गराउनका लागि पार्टीबाट कुनै सर्कुलर आएको छैन,

विगतमा अधिवेशन गराउन खोजेकै हो तर बीच बीचमा विभिन्न पार्टीसँग भएको एकीकरणका कारण अधिवेशन सर्दै आइरहेको छ ।’

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -