बारा,११ असाेज । जिल्ला प्रहरी कार्यालय बाराले बिलमा उल्लेख भएभन्दा बढी सामान बोकेका चार वटा ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार चार वटा ट्रकसहित जम्मा एक करोड ३१ लाख ९५ हजार २५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो ।
असोज ११ गते राति १२ः१५ बजेको समयमा जीतपुर सिमरा उपमहानगरपालिका–१ स्थित राजमार्गमा खटिएको प्रहरी टोलीले बीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ७१ नम्बरको ट्रकसहित ३५ लाख २७ हजार ४७४ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो ।
यस्तै, बीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख ११२५ नम्बरको ट्रकसहित ३६ लाख ६२ हजार ९७२ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ ।
यसैगरी ११ गते नै अमलेखगञ्जमा गरिएको चेकजाँचमा बीरगन्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ना४ख ९०९१ नम्बरको ट्रकसहित २४ लाख ९९ हजार ५७९ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक न्यौपानेले जनाएका छन् ।
यस्तै, बीरगन्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ना६ख ३०२४ नम्बरको ट्रकसहित ३४ लाख ९५ हजार बराबरको खुद्रा सामान नियन्त्रणमा लिइएको उनले बताए ।