मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

महागढीमाईमा अतिक्रमित जग्गा खाली गराउन वडा अध्यक्षले देखाए दबंगई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,११ असोज – बाराको महागढीमाई नगरपालिका वडा नं. ६ बवुआईनमा सडक सरसफाईको क्रममा नगरप्रहरीले ज्याजती गरेको स्थानियहरुले आरोप लगाएका छन् । बडा नं. ६ का वडा अध्यक्ष गेनालाल राउत अहिरको निर्देशनमा नगरप्रहरीले स्थानियहरुलाई गाली वेज्जती एवं कुटपिट गरेको स्थानियहरुको आरोप छ । अतिक्रमित जग्गा खाली गराउन वडा अध्यक्षले दबंगई गरेको स्थानियहरुको आरोप छ ।

- Advertisement -

महागढीमाई नगरपालिका कार्यपालिकाको निर्णय अनुसार नगरभित्रको सबै वडाहरुमा सडक पेटीका अतिक्रण हटाउने एवं सडक सरसफाई अभियान नगरपालिकाले चलाएको छ । सो क्रममा वडा नं. ६ मा वडा अध्यक्षकै रोहवरोहमा बिना नाप नक्साको घरतोड गरेको एवं ठूलो धनजनको क्षती गरेको स्थानिय प्रेमशंकर चौरसियाले बताए । उनले घरमा कोहि नभएको वेला नगरपालिकाको स्काभेटर लगाएर घर तोडफोड गरिएको बताए । जग्गा कति सडकमा पर्ने हो सो बारेमा समेत जानकारी नराइएको चौरसियाको भनाई छ ।

वडा अध्यक्षको निर्देशनमा बिना नाम नक्सा सिधै घर तोडफोड गरिएको तथा रोक्न खोज्दा नगर प्रहरी लगाएर कुटपिट गरेको अर्का एक जना स्थानिय बाबुलाल चौरसियाले बताए । उनले कहाँ सम्म तोडने हो नक्साकंन बिना नै नगर प्रहरीसँगै आएको स्काभेटरले घर तोडफोड गरेको बताए । उनले जग्गा खाली गराउँदा स्थानिय जनप्रतिनधिहरुले रिश्वी साधन मुख हेरी तोडफोड गरेको बताए । थुपै व्यक्तिहरुको रोडमा परेको घर टहरा हटाउन समय दिइएको भएपनि मेरो लागि मात्र अलग नियम बनाइएको चौरसियाले गुनासो गरे ।

- Advertisement -

बबुआईनका स्थानियहरु अगुवाहरुले समेत वडा अध्यक्षबाट त्रुटी भएको बताए । स्थानिय अगुवाहरुले सरसफाई गर्नु राम्रो भएपनि नियम सबैको लागि समान हुनु पर्ने एवं घर टहरा हटाउन समय दिदा उचित हुने कुरामा जोड दिए । यता वडा अध्यक्ष अहिरले सरसफाई स्थानिय जनताकै हितमा रहेको बताउँदै नगरपालिकाको बोर्ड बैठकले गरेको निर्णय कार्यवन्यन गराउँन नगर प्रहरीको जिम्मेवारी रहेको बताए । सडकमा भएको घर टहरा हटाउन स्थानिहरुलाई नगर प्रहरीले अनुरोध गर्दा नगर प्रहरीलाई स्थानिय केहि व्यक्तिहरुले हात नै भाच्ने गरी कुटपिट गरेको बताए ।

वडा अध्यक्षले अतिक्रमण हटाउन कसैसँग सम्झौता नहुने बताउँदै हटाउन बाकी रहेको जग्गा आफै स्थानियहरुलाई खाली गर्न अनुरोध गरे । उनले समय भित्र अतिक्रमण नहटाइए घरमा डोजर चल्ने चेतावनी दिए । डोजर चल्ने अवस्था अउँदा हुन जाने क्षतीपूर्तिको जिम्मेवारी घरधनि नै हुने वडा अध्यक्ष अहिरले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -