मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

प्रहरी विट छेवमै रहेको घण्टाघर वरिपरि क्षेत्रको बत्ती चोरी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१३ असोज – बीरगन्जको घण्टाघर चौकमा बीरगन्ज महानगरपालिकाले लगाएको बत्ती चोरी हुनुको साथै तोडफोड भएको छ । बीरगन्ज महानगरपालिकाले उज्योलो बीरगन्ज अभियान अन्तर्गत घण्टाघर वरिपरि आशर्षक टाइटहरु जडान गरेको थियो । घण्टाघर वरिपरि लाइएको बत्तीहरुले सो क्षेत्र आशर्षक भएको थियो भने बेलुका सेल्फी लिनेहरुको भिड लाग्ने गरेको थियो ।

- Advertisement -

प्रहरी बिट छेवमै रहेको बत्तीहरु यसरी चोरी हुनु एवं तोडफोड हुनुले घण्टाघर प्रहरी राती के गरी रहेको थियो भने प्रश्न उब्जिएको छ । घण्टाघरको बत्तीहरु चोरी एवं नष्ट भएको खबर सुनेर महानगरका मेयर राजेशमान सिंहले दुख व्यक्त गरेका छन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै सो कार्यको निदा गरेका छन् ।

बीरगन्ज महानगरपालिका सरसफाई शाखाका प्रमुख सर्फुदिन मियाले महानगरको सार्वजनिक सम्पती सबै जनताको भएको प्रतिक्रिया दिदै यसको सुरक्षा गर्नको पनि हामी सबैको दायित्व रहेको बताए । उनले घण्टाघरको बत्ती चोरी हुनु दुःखद भएको प्रतिक्रिया दिएका छन् ।

- Advertisement -

बीरगन्जवासीले घण्टाघरको बत्ती चोरीको घटना गम्भीर भएको एवं स्थानिय प्रहरी प्रशासनको ठूलो लापरवाही देखिएको फेसवुकमा टिप्पणी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले घटनाको बिषयमा हामीले जनकारी प्राप्त गरेको बताउँदै सो बिषयलाई बिस्तृत रुपमा बुझने काम गरी रहेको बताए । सो क्षेत्रमा सिसिटिभीहरुले रहेको भएपनि रातीको समय चोरी भएको कारण कभर भए नभएको बारेमा सिटिटिको फोटेजहरुबाट जानकारी प्राप्त हुने थापाले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -