मङ्लबार, अशोज १, २०८१
Tue, September 17, 2024

प्रदेश हटाउन सकिँदैन, प्रभावकारी...

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रजातन्त्रको विरुद्ध...

२ महिनामा सरकारले १...

काठमाडौँ,०१ असाेज । चालु आर्थिक वर्ष २०८१÷८१ को साउन र भदौ महिनामा सरकारले...

एनआरएनए आधिकारिकता विवादमा मिसिल...

काठमाडौँ, १ असाेज । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आधिकारिकता विवादमा अहिलेसम्म...

खोलाले बगाएर बेपत्ता ...

त्रिशूली,०१ असाेज । दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन पर्नुपूर्व स्नान गर्ने...
26.1 C
Kathmandu
32.5 C
Birgunj

नेपाल–चीनका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री

सिफारिस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि खुला रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन्।

- Advertisement -

चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढङ्गले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर नाका खोल्न दुई देशबीच सहमति भएको जानकारी दिए।

केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको प्रधानमन्त्री दाहालको भनाइ छ। ‘वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ। केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ’, उनले भने।

- Advertisement -

यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारे पनि महत्त्वपूर्ण छलफल भएको उनले जानकारी दिए।

आन्तरिकरुपमा पनि केही तयारी गर्नुपर्ने देखिएको उल्लेख गर्दै उनले चीनको छन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताए।

चीनका अन्य सहरबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारे छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ छ।

आफू देश बाहिर रहँदा कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षक, स्वास्थ्यकर्मीलगायतले राखेका गुनासो सम्बोधन गरेकामा प्रधानमन्त्री दाहालले धन्यवाद दिए।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार