मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

राप्रपाले बीरगन्जमा आज सभा गर्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१४ असाेज – राप्रपा नेपालले आज पर्साको वीरगञ्जमा सभा गर्ने भएको छ । घन्टाघर नजिकको खुल्ला स्थानमा आयोजना गरिने सभाको सम्पूर्ण तयारी सकिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिब पराजुलीले जानकारी दिए । 

- Advertisement -

पूर्व मन्त्री समेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको विरोध प्रदर्शनको निरन्तरता हो । ‘हामी भ्रष्ट व्यवस्थाको अन्त्यको लागि देशका बिभिन्न भागहरूमा यसैगरी विरोध प्रदर्शन र सभाहरू गर्दै आन्दोलनको वातावरण तयार गर्नेछौ, अब राप्रपा नेपाल सडक केन्द्रित गतिविधिमा क्रियाशील हुन्छ ।’ 

राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहले सभामा उल्लेख्य जनसहभागिता गराउन व्यापक जनपरिचालन गरिएको बताए । सभालाई पार्टी अध्यक्ष  कमल थापा, नेताहरू राजिब पराजुली ,तारानाथ लुइटेल, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, राजाराम बर्तौला लगायत नेताहरूले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -