काठमाडौं,१४ असाेज । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।
नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
आइतबार बसेको मन्त्री परिषद बैठकले मूल्यवृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको हो ।
- Advertisement -
आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २१५ रुपैयाँ , पेट्रोल लिटरमा दुई रूपैयाँ, डिजल र मट्टीतेलमा ६ रूपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ मुल्य बढाएकाे थियाे ।