मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

सर्लाहीको मलंगवामा जारी कर्फ्यु हटाइयो, गृहमन्त्रीको उपस्थितिमा सद्भाव र्‍याली निकाल्ने तयारी

सिफारिस

वीरगंज । सर्लाहीको मलंगवा क्षेत्रमा १० दिनदेखि जारी कर्फ्यु हटाइएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले मलंगवा क्षेत्रमा लगाएको कर्फ्यु निष्क्रिय पार्ने निर्णय गरेको हो ।
बैठकले असोज १८ गते बृहत सद्भाव र्‍याली निकाल्ने निर्णय पनि गरेको छ ।

- Advertisement -

सद्भाव र्‍यालीमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुने प्रजिअ यादवले जानकारी दिए ।

असोज ४ मा मूर्ति सेलाउने क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपले उग्र रुप लिएपछि प्रशासनले सोही राति १० बजेबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

- Advertisement -

स्थितिमा सुधार आएपछि प्रशासनले असोज ८ गते कर्फ्युको समय घटाएर राति ८ देखि बिहान ४ बजेसम्म तोकेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -