मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

प्रधानमन्त्रीको विदेश भ्रमणबारे अमरेश सिंहको टिप्पणी- छोरी चिनाउने बाहेक कुनै उपलब्धी भएन !

सिफारिस

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमण छोरीलाई चिनाउने बाहेक कुनै उपलब्धि नभएको बताएका छन्।

- Advertisement -

आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सिंहले प्रधानमन्त्रीको भ्रमणबाट छोरीलाई चिनाउने बाहेक कुनै फाइदा नभएको टिप्पणी गरेका हुन्।

उनले विश्वको कुनै पनि देशको सरकार प्रमुख १० दिन विदेशमा गएर नबस्ने भन्दै उनले प्रधानमन्त्री त्यतिका दिन विदेश बस्नुले नेपालमा प्रधानमन्त्रीको काम छैन भन्ने देखाएको बताए। उनले व्यस्त प्रधानमन्त्री भएको भए एक, दुई दिनको मात्रै भ्रमण हुने बताए।

- Advertisement -

उनले भने, ‘दुनियाँको कुनैपनि सरकार प्रमुखले कुनै देशमा गएर १० दिन बस्छ ? या ७ दिन बस्छ ? यसको अर्थ नेपालमा प्रधानमन्त्रीको काम छैन। प्रधानमन्त्री व्यस्त भएको भए एक, दुई दिनको भ्रमण हुन्छ। प्रधानमन्त्रीले के तिर्थयात्राको लागि गरेको हो भ्रमण ? तिर्थयात्राको लागि त धेरै नेपाली दाजुभाई घुमिरहेका छन् नि। त्यसको लागि प्रधानमन्त्रीको आवश्यकता हुँदैन नि। प्रधानमन्त्रीको फाइदा आफ्नो छोरीलाई चिनाउन पाउनुभयो। त्यसबाहेक के फाइदा भयो ?’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -