सोमवार, असार ४, २०८१
Mon, June 17, 2024

सुनसहित पक्राउ परेका चिनियाँ...

काठमाडौं । आफूलाई चिनियाँ नागरिक बताउने  ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका...

राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड...

३ असार, बर्लिन । जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा...

सुन तस्करी र हुण्डीको...

काठमाडाैँ,०३ असार । सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा थप एक जना...

पूर्वराष्ट्रपति विद्या भण्डरीको चीन...

काठमाडौँ,०३ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। असार...
25.1 C
Kathmandu
37.5 C
Birgunj

केएमसीका डाक्टरमाथि भएको कुटपिटको विरोधमा प्रदर्शन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मेडिकल कलेज (केएमसी) का एक जना डाक्टरमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरुले प्रदर्शन गरेका छन् ।

- Advertisement -

डाक्टरहरुले अस्पताल प्राङ्गण अगाडि बिहान प्रदर्शन गरेका हुन् । उनीहरुले चिकित्सक र स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार र अत्याचार अन्त्य गर्न माग गरेका छन् ।

हिजो उपचारका लागि केएमसी पुगेका बिरामीका आफन्तले डा. मनिष खड्कामाथि कुटपिट गरेका अस्पतालले जनाएको छ ।

- Advertisement -

कार्यकक्षमै डाक्टर कुटिएपछि स्वास्थ्यकर्मीहरूले हिजो पनि सिनामङ्गल क्षेत्रमा प्रदर्शन गरेका थिए । यसअघि पनि पोखराको मणिपाल, लमजुङको लमजुङ अस्पताललगायत देशभरका विभिन्न अस्पतालमा डाक्टरमाथि कुटपिट भएपछि डाक्टर एवम् स्वास्थ्यकर्मीले ५ दिनदेखि सेवा ठप्प पार्दै आन्दोलन गरेका थिए ।

सरकारले सुरक्षित कार्यस्थलको सुनिश्चितता गर्ने र आक्रमणमा संलग्नलाई कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएपछि हिजोदेखि डाक्टर एवम् स्वास्थ्यकर्मी उपचार सेवामा फर्किएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार