मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

सरुवापछि अलपत्र शिक्षकको न्यायका लागि तात्यो सामाजिक संजाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१६ असाेज । गत शनिबार बिहानैदेखि सामाजिक संजाल फेसबकुमा शिक्षक ब्रम्हदेव पासवानको तस्विर चर्चामा छ । सडक छेउमै बसेको पासवानको तस्विर पोष्ट गर्दै अधिकांशले उनको न्यायका लागि अपिल गरिरहेका छन् ।

- Advertisement -

चार दशकभन्दा बढी समयदेखि अध्यापन पेशामा आबद्ध शिक्षक पासवानलाई तत्काल न्याय दिलाउन जीतपुर – सिमरा उपमहानगरपालिका र नगर प्रमुखलाई ध्यानाकर्षण गराउँदै फेसबुकमा तस्विर र सामग्री पोष्ट भइरहेको छ । फेसबुकमा पोष्ट भएको उक्त सामग्रीमा शिक्षक सरुवा पछि पासवान पीडित भएको र तत्काल न्याय दिलाउनुपर्ने माग गरिएको छ ।​

फेसबुकमा पोष्ट भएको सामग्री अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाले करिब एक महिना अघि गरेको शिक्षक सरुवामा पासवानलाई सिमराबाट जीतपुरसिमरा- २४ हरपुरस्थित विद्यालय पठाइएको थियो ।​

- Advertisement -

उपमहानगरपालिकाले गरेको सरुवा अनुसार पासवान श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराबाट रमाना बुझेर हरपुरस्थित विद्यालय पुगेका थिए । तर हरपुरस्थित विद्यालयमा हाजिर नगराइए पछि पासवान अलपत्र परेको ब्यहोरा उल्लेख गरिएको छ ।

२०३९ सालदेखि शिक्षण पेशामा आबद्ध शिक्षक पासवान एक महिनादेखि अलपत्र परेको खबर सामाजिक संजालमा आएलगत्तै उनको न्यायका लागि आवाज उठ्न सुरु भएको हो ।

अवकाशका लागि दुई वर्ष बाँकी रहेका पासवानलाई चाडपर्वको समयमा हाजिर विहीन अवस्थामा राखिनु दुःखद् रहेको भन्दै उपमहानगरपालिकाको कार्यालयले तत्काल पहल थाल्नुपर्ने माग उठिरहेको छ ।

सामाजिक संजाल फेसबुक तातेपछि जीतपुरसिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । सामाजिक संजालमार्फत उनले शिक्षक पासवानको विषयलाई लिएर सामाजिक संजालमा उठेका टीकाटिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै तत्काल न्यायका लागि पहलकदमी लिने बताएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका नगर प्रमुख राजन पौडेलले समस्या देखिएका विद्यालय र शिक्षकको हकमा छलफल गरेर समाधानको उपाय खोजी गरिने बताएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -