मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१७ असोज । कोशी प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएको बजेट पेश गर्ने कार्यसूची रहेको छ ।

- Advertisement -

२०७९ पुस १७ मा कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक बसेको थियो । प्रदेशसभाको हालसम्म तीन वटा अधिवेशन सकिएको छ । यो अधिवेशनमा असोज २० भित्र मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

यसैबीच मुख्यमन्त्री हिक्मत कार्कीले शनिबार विश्वासको मत लिने भएका छन् । गत भदौ २२ गते सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीले संवैधानिक व्यवस्था अनुसार असोज २० गतेसम्ममा विश्वासको मत लिनैपर्ने हुन्छ । संविधानको सोहि व्यवस्था अनुसार कार्कीले असोज २० गते विश्वासको मत लिन लागेका हुन् ।

- Advertisement -

९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन ४७ सांसदको साथ आवश्यक पर्ने भएपनि हाल कार्की नेतृत्वको दल नेकपा एमालेसँग ४० र राप्रपासँथ ६ गरि ४६ सांसद छ्न । त्यसमा पनि प्रदेश सभा उपसभामुख सिर्जना दनुवारले चलाईरहेकी छन् । त्यसकारण उनले विश्वासको मत दिन मिल्नेछैन् । यस्तो अवस्थामा कार्कीको पक्षमा ४५ मत मात्रै हुने देखिन्छ् । यद्यपि राप्रपाले पनि विश्वासको मत दिने नदिने निर्णय गरिसकेको छैन् । राप्रपा अहिलेपनि पर्ख र हेरको अवस्थामै रहेको बताईन्छ् ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको कार्की नेतृत्वको प्रदेश सरकारले विश्वासको मत नपाएमा धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार बन्नेछ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -