बीरगन्ज,१७ असाेज । फोक्सोको समस्याबाट ग्रसीत भई बिरामी भएका बीरगन्जका पत्रकार नेहाल खानलाई निजी तथा आवासीय विद्यालय एशोसिएशन (प्याब्सन) पर्सालेपनि आर्थिक सहयोग गरेको छ ।
कोरोना महामारीकै बेलादेखि फोक्सोको समस्याबाट ग्रसीत भएका खान केहि दिनअघि सिकिस्त भएपछि नारायणी अस्पतालको आइसियुमा भर्नाएका थिए ।अस्पतालबाट डिस्चार्ज भइ हाल उनी घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । खानकी पत्नीपनि क्यान्सरपीडित भएर चितवन मेडिकल कलेजमा उपचारत रहेकी छन् ।
प्याब्सन पर्साका तर्फबाट अध्यक्ष पुरन प्रधानले पत्रकार खानको घरमै पुगेर १ लाख २८ हजार १८१ रुपैयाँ सहयोग गरेका थिए । त्यसबेला प्याब्सनका सरोज चौधरी, आलोक चौरसिया, सन्नी पाख्रिन, सुरज पटेल, सुशीला साहलगायतकोपनि उपस्थिती थियो ।