मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

एसीसी यू-१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा

सिफारिस

काठमाडौं । मलेसियामा अर्को साता सुरु हुने एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ।

- Advertisement -

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार देव खनालको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

प्रिमियर कपका लागि गत फागुनमा आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको उपाधि जित्दाको टोलीलाई नै निरन्तरता दिईएको छ।

- Advertisement -

प्रिमियर कपको शीर्ष ३ मा रहने टोलीले आगामी डिसेम्बरमा हुने यू १९ एसिया कपका स्थान बनाउनेछ।

नेपाल रहेको समूह ए मा बहराइन, साउदी अरेविया र ईरान छन्। समूह बी मा युएई, ओमान, कतार र चीन तथा मसमूह सी मा सिंगापुर, कुवेत, थाईल्यान्ड र मालदिभ्स छन्। समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया रहेका छन्।

समूहका शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनमा स्थान बनाउनेछन्। प्रिमियर कप असोज २५ देखि कार्तिक ७ गतेसम्म चल्नेछ।

समूह चरणको पहिलो खेलमा नेपालले २५ गते इरानसँग खेल्दै प्रिमियर कपको सुरुआत गर्नेछ। २८ गते घटस्थापनाको दिन बहराइनसँग तथा समूह चरणको अन्तिम खेलमा कार्तिक २ गते साउदी अरेवियासँग खेल्ने तालिका छ।

नेपाली टोलीः
आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल ९कप्तान०, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा

वैकल्पिक खेलाडी
प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -