मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको मुद्दा दर्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१८ असाेज । सुनसरीको बराह क्षेत्रबाट पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासमाथि धनुषामा सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ । असोज १२ गते जनकपुरधाममा निकालिएको एक र्‍यालीमा धर्मगुरु आचार्यले उत्तेजित अभिव्यक्ति र खुकुरी प्रदर्शन गरेका थिए ।

- Advertisement -

सोही घटनालाई लिएर उनीमाथि जिल्ला प्रशासन कार्यालय धनुषाले शान्ति सुरक्षाविरुद्धको मुद्दा दर्ता गरेको जिल्ला प्र्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवालले जानकारी दिए ।

आचार्यलाई बुधबार नै धनुषा ल्याइएको थियो । आचार्यले आवेगमा आएर आफूले यस्तो अभिव्यक्ति दिएको र गल्ति भएको प्रहरी समक्ष बयानसमेत दिएको प्रहरी नायव उपरीक्षक अवालले जानकारी दिए । यता, जनकपुरधाममा साधुसन्त समाजले आचार्य श्रीनिवासलाई बिनासर्त रिहाइको माग गरेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -