मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

एमालेको सहयोगमा संविधान संशोधन प्रस्ताव ल्याउन लोसपाको आग्रह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसमेतको सहयोगमा संविधान संशोधन प्रस्ताव ल्याउन सरकारसँग आग्रह गरेको छ ।

- Advertisement -

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि विज्ञप्ति निकालेर अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनका लाग आफूहरु निरन्तर संघर्षरत रहेको बताएका छन् ।

‘संविधानमा रहेको विभेदपूर्ण एवम् त्रुटीपूर्ण धाराहरुलाई अविलम्ब संशोधन गर्नका लागि नेपाल सरकार र सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्ष नेकपा एमाले समेतको सहयोगमा संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत गर्नु पर्ने टड्कारो आवश्यकता रहेको लोसपा नेपालको ठम्याइ छ,’ बैठकमा निर्णय जानकारी दिँदै ठाकुरले विज्ञप्तिमा लेखेका छन् ।

- Advertisement -

पछिल्लो दिनमा केही ठाउँमा धार्मिक अतिवादीहरुद्वारा समाजिक सदभाव विथोल्ने प्रयास भइरहेको भन्दै लोसपाले सचेत हुन र सदभाव कामय राख्न सबैलाई अपील पनि गरेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -