बीरगन्ज,१८ असोज – नेकपा (एकिकृत समाजवादी )पार्टीले शुरु गरेको मेची महाकाली समाजवादी जागरण यात्रा बिहिवार पर्सामा पुगेको छ । यात्रामा सहभागी नेताहरुलाई नेकपा (एकिकृत समाजवादी ) पार्टी पर्साका नेताहरु बीरगन्जमा स्वागत गरेका छन् ।
समाजवादी जागरण यात्राको क्रममा पर्सा पुगेका नेताहरुले नेकपा एकिकृत समाजावादी पार्टी पर्साले बीरगन्जको घण्टाघरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै समाजवादी यात्रा महाअभियान रहेको बताए । सभालाई नेकपा एकिकृत समाजवादी पार्टीका बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष जयन्ती राई, उपमहासचिव बिजय पौडेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले २०६२/६३ मा पुँजीवादी क्रान्तिबाट समान्तहरुलाई फालेको बताए । देशमा नयाँ संविधान बनेको एक दशक पुग्न लागेको एवं पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको १८ बर्ष पुगको भएपनि जनताको जनअपेक्षा अनुसार काम गर्न नकिएको बताए ।
उनले देशमा अस्थिरता,महगी,भ्रष्टाचार,आर्थिकमन्दी मात्र नभई राजनितिक अस्थिरता पनि कायम रहेको हुँदा जनताको शक्ति,परिवर्तनको शक्ति,समाजवादको शक्ति र प्रगतिशिल शिक्ति एक भएर समाजवाद प्राप्तीको लागि नयाँ शक्तिको निर्माण गर्नु पर्ने कुरामा जोड दिए ।
संदनको बिगठनलाई राजनितिक भुकम्प भएको चर्चा गर्दै त्यसको पराकम्पनहरु अहिले पनि आई रहेको खनालले बताए । त्यसबाट देशलाई मुक्त गर्न सबै समाजवादी शक्ति एकजुट भएर आगाडी बढनु पर्नेमा खनालले जोड दिए । त्यसैगरी जयन्ती राईले सबै महिलाहरु चुला चौकाबाट र मेकअपबाट माथी उठेर राजनितिक एवं आर्थिक रुपमा अगाडी आउनु पर्ने बताइन् । उनले महिलाहरु अगाडी आए मात्र समाजवादको यात्रा सहज हुने कुरामा जोड दिइन् ।
नेकपा (एकिकृत समाजवादी ) पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा स्वागत मन्यतव्य पार्टीका बीरगन्ज महानगर कमिटी अध्यक्ष मनोज चौधरीले थिए भने कार्यक्रम संचालन महानगर कमिटी सचिव बृजलाल पासवानले गरेका थिए । कार्यक्रममा पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरी,पोलिटव्युरो सदस्य चिरञ्जवी अचार्य,रामचन्द्र साह लगायतको पनि उपस्थिती रहेको थियो ।