मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

शिवचन्द्र कुशवाहाले गरे नेकपा एमाले प्रवेश

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१८ असोज – बिभन्न पार्टी प्रवेश एवं परित्याग गर्दै आएका बाराका चर्चित नेता शिवचन्द्र कुशवाहा नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा बिशेष कार्यक्रमका बिच कुशवाहालाई टिकाटोलो गरी पार्टी प्रवेश गराएका छन् । यस अघि नेकपा माओवादी परित्याग गरी उनी जनमत पार्टी प्रवेश गरी उपचुनावमा बाराको निर्वाचन क्षेत्र नं. २ बाट संघिय सांसदमा चुनाव लडेका थिए ।

- Advertisement -

निर्वाचनमा उनी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए । आफ्नो पराजयमा जनमत पार्टी नै दोषी रहेको बताउँदै नेता कुशवाहाले जनमत पार्टी परित्याग गरेका थिए । माओवादी पार्टीमा लामो समय बिताएका नेता कुशवाहालाई गठबन्धनका कारण पार्टीले उम्मेदवार बनाउँन नसक्दा जनमतबाट चुनाव लडेका थिए ।

कुशवाहा माओवादीमै फर्किने चर्चा चलेको भएपनि उनी नेकपा एमाले प्रवेश गरेका छन् । उपनिर्वाचनमा कुशवाहाले जसपा अध्यक्ष यादवलाई कडा टक्कर दिएका थिए । कुशवाहासँगै आधा दर्जन भन्दाबढी नेताहरु नेकपा एमाले प्रवेश गरेका छन् । पार्टी प्रवेशका फोटोहरु कुशवाहाले आफ्नो फेसबुक मार्फत साझा गरेका छन् ।

- Advertisement -

नेता कुशवाहालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् ।
गत मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा कुशहवा जसपाका रामसहायप्रसाद यादवसँग बारा २ मा निर्वाचन लडेर पराजित भएका थिए ।

यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त उक्त क्षेत्रमा गएको वैशाख १० गते उपनिर्वाचनमा निर्वाचनमा लड्न उनी नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरे पनि उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए । पराजित भएसँगै उनी जनमतमा निश्किृय जस्तै बसेर सीकेविरुद्ध अभियान चलाएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -