सोमवार, असार ४, २०८१
Mon, June 17, 2024

सुन तस्करी र हुण्डीको...

काठमाडाैँ,०३ असार । सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा थप एक जना...

पूर्वराष्ट्रपति विद्या भण्डरीको चीन...

काठमाडौँ,०३ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। असार...

गौर भन्सार कर्मचारीको बदमासी,...

रौतहट,०३ असार । रौतहट सदरमुकाम गौर भन्सार कार्यालयका कर्मचारीको बदमासीले निर्धारित समय बिहान...

खेताला शिक्षक राख्ने ...

काठमाडौँ,३ असार । श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका...
25.1 C
Kathmandu
37.5 C
Birgunj

प्रदेश अध्यक्ष बन्ने चक्करमा एमालेका ४ केन्द्रीय नेताको पद चैट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ असोज नेकपा एमालेका चार नेताले केन्द्रीय सदस्य पद गुमाएका छन् । केन्द्रीय कमिटीको जिम्मेवारीमा रहँदारहँदै प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका चार जना केन्द्रीय सदस्यले विधानअनुसार पद गुमाएका हुन् ।पद गुमाउनेमा लुम्बिनी प्रदेश अध्यक्षमा प्रत्याशी बनेका हरिप्रसाद रिजाल, बागमतीमा कृष्णप्रसाद दाहाल, कोशीमा विनोदप्रसाद ढकाल र गण्डकीमा मायानाथ अधिकारी रहेका छन् ।

- Advertisement -

प्युठानका रिजाल लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेलसँग २ मतले पराजित भएका थिए भने दाहाल केन्द्रीय सदस्य कैलाश ढुंगेलसँग २ सय ५७ मतले पराजित भएका हुन् । ढुंगेलले ६ सय ९६ मत पाउँदा दाहालले ४ सय ३९ मत ल्याएका थिए ।

यस्तै कोशी प्रदेश अध्यक्षको प्रत्याशी बनेका मोरङका ढकालले पनि केन्द्रीय सदस्य पद गुमाए । उनी मोरङकै घनश्याम खतिवडासँग ८२ मतान्तरले पराजित भएका थिए ।

- Advertisement -

गण्डकी प्रदेशमा अधिकारीले पनि केन्द्रीय सदस्य पद गुमाए । बिहीबार अबेर राति सकिएको प्रदेश अधिवेशनमा अधिकारी नवराज शर्मासँग पराजित भएका थिए । म्याग्दीका शर्माले लम्जुङका अधिकारीलाई १ सय ६६ मतले पराजित गरेका थिए।

एमालेको विधानको धारा ६७ ९४० मा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेद्वार भएमा पद गुम्ने प्रावधान छ । त्यहीअनुसार चारै जना केन्द्रीय सदस्यले पद गुमाएका हुन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार