मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

सरकारले विद्यालय शिक्षा विधेयक फिर्ता गर्नुपर्छ : प्रभु साह

सिफारिस

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता लिनुपर्ने बताएका छन्।

- Advertisement -

अध्यक्ष साहले संसदमा पेस गरिएको विधेयकले मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने भएकाले त्यसलाई सरकारले फिर्ता गर्नुपर्ने बताएका हुन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले शिक्षा क्षेत्रलाई उत्पादनसँग जोडने, अवैधानिक शिक्षण संस्थाहरुलाई वैधानिक बनाउने कुनै कुरा नभएको भन्दै असन्तुष्टि जनाए

- Advertisement -

‘यो विधेयकले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्छ जस्तो मलाई लाग्दैन। अहिले पनि कयौं बालबालिकाहरु विद्यालयभन्दा बाहिर छन्। उनीहरुलाई कसरी विद्यालयमा ल्याउने भन्ने कुरा पनि विधेयकमा देखिँदैन’, उनले भने, ‘कयौं विद्यालय अवैधानिक ढंगले चलिरहेका छन्। त्यसलाई वैधानिक बनाउने कुनै सोच देखिँदैन। उत्पादनमूलक बनाउने सोच पनि देखिँदैन। विधेयकका लागि विधेयक ल्याएर कुनै काम छैन। त्यसैले यो विधेयकलाई फिर्ता गरेर नयाँ ढंगले ल्याउन म आग्रह गर्दछु। यदि त्यो फिर्ता गर्न सकिँदैन भनेर त्यसमा ग्रेड डिबेट चलाएर गुणात्मक बदलावका साथ अगाडि बढाउनु पर्छ।’

अध्यक्ष साहले उक्त विधेयकले विद्यालयबाहिरका बालबालिकाहरुलाई समेत समेटन नसकेको जिकिर गरेका छन्।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -