बीरगन्ज संग जोडीएको सीमावर्ती भारतीय सहर रक्सौलबाट लगभग १३ किलोमिटर दूरीमा रहेको रामगढवा गाउँमा एक नेपाली नागरिकको गोली हानि हत्या भएको छ।
मृत्यु हुनेमा रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका – ९ का ४० वर्षीय दिलीप सिंह रहेको जानकारी प्रप्त भएको छ ।
उनि रमगढवा बजारको शिव शक्ति राइस एन्ड फ्लोर मिलमा मुन्सीको जागिरे रहेका थिए ।
सिंहको पैसा लुट्ने उद्देश्यले गोली हानि हत्या गरिएको प्रहरीको अनुमान छ । उनि भारतीय सहर मुजफ्फररपुरबाट बक्यौता रकम २९ लाख भारतीय रुपैयाँ
सङ्कलन गरी फर्किरहेको अवस्थामा मिलको गेटमै सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । गोली सिंहको छातीमा लागेर उनको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जानएको छ ।
गोली लागेर सिंह ढलेपछि उनले सङ्कलन गरी ल्याएको २९ लाख भारतीय रुपैयाँ गोली प्रहार गर्ने समूहले लुटेर लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
चार जनाको सङ्ख्यामा आएका लुटेरा समूहले सिंह माथि गोली प्रहार गरेको थियो । समूहले प्रयोग गरेको बिआर २९ जी ७८५१ नम्बरको बोलेरो गाडी प्रहरीले घटनास्थलबाट बरामद भएको तथा थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।