काठमाडौँ ,२१ कार्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सचिवालय बैठक बोलाएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले सचिवालय बैठक भोली दिउँसो १२ बजे बस्ने गरी आह्वान भएको जानकारी दिएका हुन् ।
मङ्सिरको दोस्रो साताबाट सुरु हुने ’यूएमएल क्याराभान’का साथै भूकम्पले परेको प्रभाव लगायतका समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । सचिवालय बैठकले केन्द्रीय समिति बैठकको मिति समेत तय गर्ने बुझिएको छ ।
दिवालीलगत्तै एमालेले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । केन्द्रीय कमिटी बैठकले ‘यूएमएल क्याराभान’नामक अभियानको समय तोक्ने बुझिएको छ । अभियान अन्तर्गत एमाले नेता कार्यकर्ताहरूले मेची–महाकाली १८ सय ७९ किमी यात्रा गर्ने छन् । जसअन्तर्गत जनपरिचालन, जनसभालगायतका गतिविधि गर्ने एमाले नेताहरूले जनाएका छन् ।