मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

देशकै दोस्रो ठूलो नारायणी रङ्गशालालाई वेवास्था गरेपछि मेयर सिंह र संसद यदवले पाेखे आक्रोश

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज । देशकै दोस्रो ठूलो रङ्गशालाकाे रूपमा चिनिने नारायणी रङ्गशालालाई वेवास्था गरेपछि मेयर सिंह र संसद यदवले आक्रोश पेखेका छन् ।

- Advertisement -

बीरगन्जस्थित देशकै दोस्रो ठूलो नारायणी रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश नगरेपछि प्रमुख सिंहले सङ्घीय सरकारले बीरगन्जलाइ फेरि विभेद गरेको आरोप लगाएका छन् । उनले सरकारले नारायणी रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा नसमेट्नु दुःखद मात्रै नभई भर्त्सना योग्य कार्य रहेको उनको भनाई छ । उनले समाजिक संजालमा लेखेका छन् – ‘सङ्घीय सरकारले जतिसुकै विभेद गरोस् हामी आफ्नै ताकतले उभिन्छौँ, ठडिन्छौँ ।’ बीरगन्जवासीको शिर झुक्न नदिन महानगरले यसै वर्षदेखि नारायणीमा क्रिकेट रङ्गशाला निर्माणको कार्य अघि बढाइसकेको जानकारी पनि उनले गराएका छन् ।

त्यसै गरी पूर्व मन्त्री तथा संघिय संस्द प्रदिप यादवले पनि याे बिषयलाइ लिएर आक्रोशित बनेका छन् , साथै ध्यानाकर्षण गराउन पत्र समेत लेखेका छन् । उनले समाजिक संजालमा लेखेका छन् –  मधेसको धरोहर देशकै दोस्रो ठुलो नारायणी रंगशालालाई राष्ट्रीय गौरवको आयोजनामा सामेल गर्न संघीय सरकार का सम्मानिय प्रधानमन्त्रीज्यु को ध्यानाकर्षण गराएको छु र तत्काल नारायणी रंगशालालाई पनि राष्ट्रीय गौरवको आयोजनामा समावेश गर्न जोडदार मांग गर्दछु ।

- Advertisement -

बिहीबार बसेको सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठकले काठमाडौँको मूलपानी, चितवनको भरतपुर र मोरङको विराटनगर रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने निर्णय गरेको छ ।

सरकारको उक्त निर्णय सार्वजनिक भए लगत्तै बिहीबार साँझ सामाजिक सञ्जाल फेसबूकमा एउटा पोस्ट राख्दै प्रमुख सिंहले सरकारको कोप भाजनमा पर्दै आएको बीरगन्ज फेरि पनि विभेदमा परेको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन् । साथै  याे बिषयलाइ लिएर संघिय संस्द प्रदिप यादवले पनि ध्यनाकर्षण पत्र लेखेका छन् ।

आदर्शनगर रङ्गशाला पुनः निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरको खेलकुद एकेडेमी सञ्चालन गर्ने अवस्थामा पुर्‍याउने, नारायणी रङ्गशालामा क्रिकेट रङ्गशाला पुनः निर्माण सकेर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्ने गरी उभ्याउनेमा आफू दृढ विश्वासका साथ अगाडि बढिरहेको भन्दै उनले यसको लागि बीरगन्जवासीकोपनि साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -