बीरगन्ज महानगरपालिकाको वडा नं। १५ लक्ष्मणवामा छठ पू्जा व्यवस्थापन ९० प्रतिसत काम पूरा भएको छ ।
प्रगतिशिल युवा क्लबका अध्यक्ष एवं युवा नेता ईश्वरचन्द्र यादवको अध्यक्षतामा छठ पूजालाई सभ्य र भव्य बनाउनको लागि गठित समितिले लक्ष्मणवा छठ घाटको ९० प्रतिसत काम पूरा भएको समितिका सचिव संजय पटेलले बताएका छन् । उनले घाट वरिपरि करीब एक हजार देखि बार सय व्रतालु बस्न मिल्ने गरी टेन्ट निर्माण गरिएको र साथै पूजा गर्ने ठाउँमा सरसफाइको काम चलिरहेको उनले बताए । पूजाकोलागि पोखरी बीचको स्थानमा सूर्यदेवसहित मूर्ति राखिने समेत उनले बताए ।
त्यसैगरी वडा नं। १५ का वडा अध्यक्ष रमेश प्रसाद यदवले पनि अफनै निगरानीमा समेत सरसफाई कार्यक्रमलाई तिब्रता दिएको र पोखरीमा रहेको फोहरका साथै छठ धाटलाई समेत महानगरको दम्कलको साहयताले सफा परिएको जनकारी समेत दिए । पछिल्लो समयमा छठ पूजाको महत्व बढेको र विशेष गरि तराइबासिले मत्रै मनाउने छठ पूजा आजभोली पहाडी समुदायका महिलाहरूले पनि छठ पूजा गर्नेको संख्या बढ्दै गएको र सोही कारण हरेक वर्ष ब्रतालुहरूको संख्या बढ्दै गएको उनले बताए ।
पूजाका लागि अनुमानित ९ देखि १० लाख रुपैयाँ खर्च हुने र उक्त रकम भक्तजनहरुबाट संकलन हुने कार्यमा पनि तिब्रता दिइएको समितिका सचिव पटेलले बताए ।
त्यसैगरि छठघाटमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना हुने समितिका अध्यक्ष ईश्वरचन्द्र यादवले बताएका छन् । घाटमा खेसारी २,खुश्वु प्रितम,बर्षा श्रेष्ठ,झुना राजा लगायतको कलाकारहरुले सांस्कृतिक प्रस्तुती दिने कार्यक्रम तय भएको समितिका अध्यक्ष यादवले बताए ।
उज्यालो दिने, न्यानो तथा गर्मी दिने, रोगबाट जोगाउने सूर्य नै भएकाले कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यको आराधना गर्दै छठ मनाउने गरिन्छ ।
पहिलो दिन अस्ताउँदो सूर्यलाई पूजा गरेर रातभर जाग्राम बस्ने र दोस्रो दिन बिहान उदाउँदो सूर्यलाई प्रसाद चढाएपछि छठ पर्व सकिन्छ । चामल, पिठोको ठेकुवा, कसार, विभिन्न मिठाई, उखु, अदुवालगायतका प्रसाद बाँसको टोकरी वा सुप्पोमा राखेर नजिकका जलाशयमा लगेर अस्ताउदो सूर्यलाई अर्घ दिने गरिन्छ ।
छठ पर्वमा विशेष गरी दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वासका साथ महिलाहरु व्रत बस्ने चलन छ ।