मङ्लबार, अशोज १, २०८१
Tue, September 17, 2024

२ महिनामा सरकारले १...

काठमाडौँ,०१ असाेज । चालु आर्थिक वर्ष २०८१÷८१ को साउन र भदौ महिनामा सरकारले...

एनआरएनए आधिकारिकता विवादमा मिसिल...

काठमाडौँ, १ असाेज । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आधिकारिकता विवादमा अहिलेसम्म...

खोलाले बगाएर बेपत्ता ...

त्रिशूली,०१ असाेज । दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन पर्नुपूर्व स्नान गर्ने...

वीरगन्जबाट ब्राउन सुगरसहित...

वीरगन्ज, १ असोज । वीरगन्जबाट लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ...
26.1 C
Kathmandu
32.5 C
Birgunj

विमानस्थल पूर्ण सञ्चालन नभएको विरोधमा र्‍याली प्रदर्शनको तयारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

भैरहवा,१८ मंसिर । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार उदाशिन रहेको भन्दै त्यसको विरोधमा आउँदो शुक्रबार (मंसिर २२ गते) भैरहवामा विरोध र्‍याली प्रदर्शनको तयारी गरिएको छ ।

- Advertisement -

उद्घाटन भएको डेढ वर्ष भन्दा धेरै समय बित्दा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा विमानस्थललाई पछ्याउँदै नीजि क्षेत्रले गरेको अर्वौंको लगानी जोखिममा परेपछि विभिन्न नीजि व्यवसायिक संघ, संस्था र जनस्तरबाट सरकारको विरोध हुन लागेको हो ।

विरोध र्‍याली प्रदर्शनको अगुवाइ नीजि क्षेत्रका विभिन्न संघसंस्थाको आवद्धता रहेको सिद्धार्थ सञ्जाल रुपन्देहीले गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तथा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारलाई दबाब स्वरुप पहिलो चरणमा विरोध र्‍यालीको आयोजना गरिएको आयोजकहरूले बताएका छन् ।

- Advertisement -

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडान गर्न माग गर्दै गत कात्तिक १३ गते चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । आन्दोलनका बारेमा जानकारी दिन सोमबार भैरहवामा सञ्जालद्वारा आयोजित पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष अनिलकुमार ज्ञवालीले आन्दोलनको सुरुवात विरोध र्‍यालीबाट गरिने बताए ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तराष्ट्रिय उडान गर्न माग गर्दै धेरै पटक प्रधानमन्त्री, पर्यटन मन्त्री, गृहमन्त्री, मुख्यमन्त्री लगायत्का विभिन्न निकायमा पूर्व जानकारीसहित ज्ञापनपत्र बुझाइएपनि कुनै सुनुवाइ नै गरिएन,’ ज्ञवालीले भने, ‘हामीले राखेका मागको कुनै सम्बोधन नभएपछि बाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रेका हौं ।’

चरणबद्ध आन्दोलन अर्न्तगत आउदो कात्तिक २४ गते गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा शान्तिपुर्ण धर्ना र २५ गतेदेखि गौतम बुद्ध विमानस्थलबाट हुने सबै आन्तरिक उडान बन्द गर्ने कार्यक्रम सञ्जालले सार्वजनिक गरेको छ ।

सञ्जालका वरिष्ठ उपाध्यक्ष तथा आन्दोलन संघर्ष समितिका संयोजक चन्द्रप्रकाश श्रेष्ठले लुम्बिनी प्रदेशका विभिन्न नीजि व्यवसायिक संघ संस्था, पर्यटन व्यवसायी, नागरिक समाज र राजनीतिक दल समेतसंग समन्वय र सहभागीतामा चरणबद्ध आन्दोलन सुरु गर्न लागिएको बताए ।

सञ्जालका अनुसार, चरणबद्ध आन्दोलनका सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण हुने छन् । आन्दोलनलाई सफल बनाउन ५ सय १ सदस्यीय मुल संघर्ष समिति, १६ वटा विभिन्न उपसमिति, १ सय १ सल्लाहकार समितिको गठन गरिएको छ । आन्दोलनमा भैरहवा, तिलोत्तमा, बुटवल, देवदह, नवलपरासी लगायत् लुम्बिनी प्रदेशकै व्यवसायिक संघ संस्था र जनस्तरको ऐक्यबद्धता छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार