शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जबाट प्रतिबन्धित लागुऔषधसहित तीनजना पक्राउ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१८ मंसिर । पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । बीरगन्जको रजतजयन्ती चोकबाट लागुऔषध खैरो हेरोइन र नाइट्राजेपाम सहित तीन जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौडा उपमहानगरपालिका वडा नम्बर–१ बस्ने २४ वर्ष समिप श्रेष्ठ, सोही स्थान बस्ने २८ वर्ष सुवास पौडेल र वडा नं १४ मयुरधाप बस्ने रहेका छन् । लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र कार्यालय मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त टोलीले भारतबाट बीरगन्ज भित्रिने सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गरेको थियो ।

सोही क्रममा ना.३० प ७७४६ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा समिप र सुवासको साथबाट लुकाइछिपाई राखिएको अवस्थामा लागुऔषध बरामद भएको थियो । उनीहरुको साथबाट क्रमशः खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ ०.६२० मिलीग्राम÷०.६२० मिलीग्राम फेला पारेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमारबिक्रम थापाले बताए ।

यस्तै हेटौडा–१४ मयूरधापका साजनको साथबाट पनि प्रहरीले लागुऔषध बरामद गरेको पर्सा प्रहरीले जनाएको छ । साजनको साथबाट लागुऔषध नाईट्राजेपाम नाइजा एक्यान ७० ट्याब्लेट फेला पारेको डिएसपी थापाले बताए ।

पक्राउ परेका तिनैजनालाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार