बीरगन्ज,१९ मंसिर । पर्सामा बाख्रालाई पता खुवाउन घर नजिकै भिलोरको रुखमा चढेर पात टिपने क्रममा रुखमा रहेको ११ हजार भोलटको तारमा सटेर एक जना पुरुषको मृत्यु भएको छ ।
पटेर्वा सुगौली गाउँ पालिका वडा नम्बर ५ टोल मनिहर्वा बस्ने स्थानीय चोकट साह तेलीको घटना स्थलमै आज दिउँसो १ बजे मृत्यु भएको हो ।
तेलीको घटना स्थलमै मृत्यु भएको प्रत्येकदर्शी स्थानीय शिक्षक हरिराज प्रसाद यादवले बताए ।
घटना स्थलमा मुचुल्का गर्ने ईलाका प्रहरी कार्यालय पोखरिया र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी टोलि घटना स्थलमा पुगेर लासको पोष्टमाडमको लागि बीरगन्ज नारायणी अस्पतालमा पठाउने तयारी भैइरहेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी नीरिक्षक रामराजा केशरीले बताए ।